धोक्प्या किदुक् (Dhokpya Kyiduk) USA द्वारा आयोजित "ग्याल्पो लोसार साँझ २०२६" भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको रौनक सकिए पनि यसले छाडेका मिठा सम्झनाहरू र तपाईंहरूको माया अझै हाम्रा मानसपटलमा ताजा छन्। हाम्रो संस्कृति र समुदायको यो उत्सवलाई सफल बनाउन भूमिका खेल्नुहुने सबैप्रति हामी हार्दिक आभार व्यक्त गर्दछौं।
आदरणीय प्रायोजकज्यूहरू (Sponsors): न्युयोर्कमा रहेका नेपाली व्यवसायी समुदायप्रति हामी विशेष कृतज्ञ छौं। तपाईंहरूको आर्थिक सहयोग र हाम्रो संस्थाप्रतिको विश्वास नै यो कार्यक्रमको बलियो जग बन्यो। स्थानीय व्यवसायहरूको यो साथले हाम्रो मनोबल अझ उच्च बनाएको छ।
व्यक्तिगत सहयोगीहरू: जसले व्यक्तिगत रूपमा आर्थिक तथा भौतिक सहयोग गर्नुभयो, तपाईंहरूको यो निस्वार्थ भावनाले हाम्रो साझा सम्पदालाई जोगाउन ठूलो मद्दत पुगेको छ।
कलाकारहरू: आफ्नो अद्भुत कला र प्रस्तुतिमार्फत कार्यक्रममा प्राण भर्नुहुने सम्पूर्ण कलाकारज्यूहरूलाई विशेष धन्यवाद। तपाईंहरूको प्रतिभाले हाम्रो परम्परालाई जीवन्त बनायो।
स्वयंसेवकहरू (Volunteers): कार्यक्रमको तयारीदेखि समापनसम्म अहोरात्र खट्नुहुने हाम्रा स्वयंसेवक साथीहरू, तपाईंहरूको मेहनत बिना यो कार्यक्रम सम्भव थिएन। तपाईंहरूको निस्वार्थ सेवा नै हाम्रो संस्थाको ऊर्जा हो।
सम्पूर्ण सहभागी तथा दर्शकवृन्द: टिकट खरिद गरेर कार्यक्रममा उपस्थित भई हामीलाई साथ दिनुहुने तपाईंहरू सबैलाई मुरी-मुरी धन्यवाद। तपाईंहरूले खरिद गर्नुभएको हरेक टिकटले धोक्प्या किदुक् USA को सामाजिक कार्यहरूमा प्रत्यक्ष योगदान पुर्याएको छ।
ढोक्प्या किदुग नर्थ अमेरिकाले हालै एक भव्य देउसी भैलो कार्यक्रम आयोजना गरेको छ। यो कार्यक्रम विशेष गरी आर्थिक सङ्कलनका लागि आयोजना गरिएको थियो। साथै, नेपाली समुदायबीच सद्भाव र आपसी मेलमिलाप कायम होस् भन्ने भावनाले पनि यो कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा १५० भन्दा बढी मानिसहरूको उपस्थिति थियो।
नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (Federation of Indigenous Peoples of Nepal in America - FIPNA) द्वारा आयोजित ३१ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित मार्चपार्च कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। अगस्त ९, २०२५ मा वुडसाइड र एल्महर्स्ट, न्युयोर्कमा सम्पन्न भएको यस कार्यक्रममा ढोक्प्या किदुक नर्थ अमेरिका
ढाेक्प्या किदुक नर्स अमेरिकाद्वारा आयोजित २०२४ लव्साे पुजा भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रममा करिब ७० जना धर्मवलम्बीहरू उपस्थित हुनुभएको थियो। ढाेक्प्या समुदायको लामा कासङ छेाम्बे लामा र गुम्बाको अन्य लामाहरूको उपस्थितिमा लव्सेा पूजा सम्पन्न भएको थियेा, आगन्तुक सबैजनाले कार्यक्रमप्रति सकारात्मक विचार व्यक्त गर्दै आगामी वर्ष पनि यस्तै कार्यक्रमको अपेक्षा राखेको छ।